हेडलाईनव्याससमाचारगण्डकी

दमौली खानेपानीको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित

प्रहार समाचार । तनहुँ, फागुन ११ ।  दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित श्रेष्ठले एक सय ५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धवन्दी  माधवप्रसाद अधिकारीले ७४, राजकुमार श्रेष्ठले ३४ र टुकबहादुप हमालले जम्मा २३ मत प्राप्त गरेका थिए ।

अधिवेशनबाट कोषाध्यक्षमा चिरौकाजी बतास निर्वाचित भएका छन् । उनले एक सय ३७ र दीर्घबहादुर थापाले ७९ मत प्राप्त गरेका छन् । दुई सय ६६ मतदाता रहेकामा मतदानमा दुई सय ६१ मत खसेको थियो । यसअघि संस्थाको उपाध्यक्षमा विश्व सुवेदी र सचिवमा योगिता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए ।

व्यासनगरपालिकाको वडा नं २, ३ र ४ का गरी करिब तीन हजार ५०० पानीका धारा जडान गरिएको छ भने सदस्यता दुई हजार चाँच सयले नवीकरण गरेका छन् । अध्यक्षमा निर्वाचित श्रेष्ठले दमौलीका जनतालाई स्तरीय र सर्वसुलभ ढंगबाट खानेपानी उपलब्ध गराउने बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button