हेडलाईनसमाचारसाहित्यप्रदेश

व्यासका अध्येता न्यौपानेको ‘अशून्यम्’ लोकार्पण

काठमाडौ, चैत १० । व्यासका अध्येता साहित्यकार काशीनाथ न्यौपानेद्वारा लिखित उपन्यास अशून्यम् को लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको लोकार्पणमा बोल्दै अशून्यम् उपन्यासका लेखक न्यौपानेले आफूले पहाड, नदीनाला हेर्दा ,ब्रह्माण्डको उत्पत्ति, जन्म,उमेरावस्था,मृत्युका बारेका जिज्ञासा जागेर गहिरिदा यो जगत ब्रह्माण्ड अशून्यम्बाट सुरु भएको निष्कर्ष सहित पुस्तक लेखेको बताए । न्यौपानेले कल्पना युक्त शून्यको अवस्था अशून्यम् भएको र अशून्यम् नै चेतनाको जड कल्पना रहेको कल्पनाको श्रोत एक हो र त्यही ईश्वर हो भन्ने कुरा पुस्तकमा समेटिएको बताए ।

अशून्यम्बारे टिप्पणी गर्दै प्राध्यापक जयराज आचार्यले तनहुँको दमौलीमा चारवेद र अठार पुरारणका रचयिता वेद व्यासको अठाइसौं अवतार श्रीकृष्ण द्वैपायन व्यासको जन्म भएको भन्दै व्यासलाई चिनाउने व्यासका अध्येता काशीनाथ न्यौपानेलाई पनि तनहुँले सम्झनुपर्ने बताए । बताउनुभयो। व्यासलाई चिनाउन अनवरतरुपमा लागेका न्यौपानेको पनि मूर्ति बनाउन आवश्यक रहेको भन्दै यसका लागि सबैको साथ सहयोगको आवश्यकता को बताए ।

डाक्टर पद्म प्रसाद देवकोटाले अशून्यम् ले आफूलाई आकर्षित गरेको काल्पनिक सत्यतिर लम्किएको अनुभव रहेको बताउँदै अशून्यम्दर्शन शास्त्रमा हलचल ल्याउने दर्शनको फ्युजन वैज्ञानिक, वेद र पूर्वयि दर्शनको जवाफ खोजेको पुस्तक रहेको बताए ।अशून्यम् बारे टिप्पणी गर्दै प्राध्यापक डाक्टर सर्वराज आचार्यले लेखकमा गहिरो चिन्तन कसरी आयो भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

डाक्टर प्रभा कैनीले पुस्तकको दर्शनभित्र हराएर पटक पटक पढेर मात्र बुझ्न सकिने, वेदको बारेमा लेखिएको, विश्व ब्रह्माण्डका बारेमा काशि वनारसदेखि भेट भएका योगी साधकले छलफल गरिएका कुराहरू कल्पनादेखि कल्पनासम्मका कुराहरू समेटिएर तयार गरिएको पुस्तकहेर्दा लेखकमा दार्शनिकको स्वरूप पाएको बताईन। बुक हिल द्वारा प्रकाशित अशुन्यम्का बारेमा बोल्दै बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले व्यासको तपोभूमिका अध्यताको पुस्तकभित्र दर्शन चिन्तन, वैज्ञानिक कुराहरू समेटिएको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button