हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

पतन्जली योग समिति व्यास नगरको प्रभारीमा मल्ल 

प्रहार समाचार । तनहुँ, चैत ११ । पतन्जली योग व्यास नगर पालिकाको नगर प्रभारीमा कुमार मल्ल सर्वसम्वत चयन भएका छन् ।

समितिको सह प्रभारीमा रेखा सापकोटा , महामन्त्रीमा श्रीसुनिता वुढाथोकी श्रेष्ठ मन्त्रीमा राम नारायण मल्ल , कोषाध्यक्षमा  उजेली रानाभाट सगठन मन्त्रीमा गोपाल प्रसाद अधिकारी, सुचना प्रभारीमा  सावित्री श्रेष्ठ , मिडीया प्रभारीमा जीवन श्रेष्ठ , चिकित्सा प्रभारी वालुश्रेष्ठ ,यातायात प्रभारीमा अक्सर मिया , यज्ञ प्रभारीमा पुर्णीमा रानाभाट ,स्वागत प्रभारीमा  सावित्री न्यौपाने ,विद्यालय प्रभारीमा दिव्य काफ्ले रहेका छन्। यसै गरि सदस्यहरुमा सरस्वती वस्ती ,कलावती सापकोटा , सुसिला श्रेष्ठ , दिप्ती श्रेष्ठ , ईच्छा राना , कोपिला खडका , मिना राना , भिम कुमारी श्रेष्ठ , राम वहादुर आले , सुमित्रा थापा  र वालु माया राना सर्वसम्वत चयन भएका छन्।


यस अघि व्यास नगरपालिकाको वडा नं १० खहरेमा रहेको छाङ्गा बाराही मन्दिर परिसरमा शनिवार भएको स्नेह मिलन एवं अधिवेशन  कार्यक्रममा  तनहुँ उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष इमकुमार मल्ल, दमौली बजार इकाइका सभापति सुक नारायण श्रेष्ठ, पतञ्जली योग साधना केन्द्र तनहुँका संगठन मन्त्री अर्जुन श्रेष्ठ , यातायात प्रभारी मिलन न्यौपाने  विभिन्न साधना केन्द्रका पदाधिकारीहरुले योगको महत्व माथि प्रकाश पारेका थिए । पतञ्जली योग समिति तनहुँका अध्यक्ष मान बहादुर आलेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विविध संस्कृतिक एवं खेलकुँदका कार्यक्रमहरु पनि आयोजना गरिएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button