हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानको कान्दाहारम बम विस्फोट : कम्तिमा २१ जनाको मृत्यु

प्रहार समाचार । आगानिस्तान, चैत ९ । अफगानिस्तानको कान्दाहारमा हिंजो भएको आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ। आत्मघाती बम विस्फोट एक बैंकम भएको थियो । अफगानिस्तानको तालिबान सरकारले कान्दाहारको एक बैंकमा आत्मघाती बम बिस्फोट भएको जनाएको छ। सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको हो।

विस्फोटबाट कम्तिमा २१ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ। विस्फोटको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको छ। उसले तालिबानलाई लक्षित गरी विस्फोट गराएको बताएको छ।  कान्दाहारमा तालिबानका सर्वोच्च कमाण्डर बस्छन्। बिबिसीका अनुसार विस्फोटमा ५० जना भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको कान्दाहारस्थित मिरवाइस अस्पतालमा उपचार भइरहेको छ। यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button