हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतको दिल्लीका बाहलवाला मुख्यमन्त्री अरविन्द पक्राउ : ल्यायो राजनैतिक तरङ्ग

प्रहार समाचार । भारत, चैत ९ । भारतको राजधानी दिल्लीका बाहलवाला मुख्यमन्त्री अरविन्द पक्राउ परेका छन्। बाहालवला मुख्य मन्त्री नै यसरी पक्राउ परेको यो दोस्रो घटना हो। यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो।  मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी)ले गएराति पक्राउ गरेको हो ।

मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। केजरीवाललाई पक्राउ गरेपछि उनको निवास बाहिर नेताकार्यकर्ताले नाराबाजी गरेका थिए। उनलाई मदिरा घोटाला प्रकरणमा करिब १०० करोड भारतीय रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

केजरीवाल पक्राउविरुद्ध उनको आमआदमी पार्टी सर्वोच्च अदालत पुगेको छ। लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ। यसले ठूलो राजनैतिक तरङ्ग ल्याउने भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button