हेडलाईनसमाचारगण्डकीम्याग्दे

म्याग्दे गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनराष्ट्रपति रामचन्द्र पौडेलले गर्ने

प्रहार समाचार । तनहु, चैत ८ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाको नव निर्मित भवनको राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन्। भवनको राष्ट्रपति पौडेलले आगामी वैशाख ३ गते उद्घाटन गर्ने कार्यक्रम तय भैसकेको म्याग्दे गाउँपालिका का अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने  ‘‘ पालिकाको नव निर्मित प्रमुख प्रशासकिय भवन को उद्घाटनका लागि राष्ट्रपतिलाई निम्ता गरेका छौं उहाँ आउँछु भन्नु भएको छ ।’’

म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ स्थित नारङ्गेमा आठ करोडको लागतमा उक्त भवन बनेको हो । उक्त भवन उद्घाटनसँगै कार्यालय सन्चालनको तयारी समेत गरिएको छ ।

भवन उद्घाटनको लागि भन्दै बैसाख २ र ३ गते म्याग्दे गाउँपालिकामा सार्वजानिक बिदा दिने निर्णय भएको छ ।
नयाँ भवनबाट सेवा प्रवाह गर्ने गरि हालको कार्यालयमा रहेका जिन्सी सामाग्री, विद्युतीय सामाग्री तथा विभिन्न श्रेस्ता कागजातहरु सार्नु पर्ने तथा फर्निचर सहित विद्युतीय उपकरणहरु नयाँ सेटिङ गर्नुपर्ने भएकोले बैशाख २ र ३ गते गाउँकार्यपालिका तथा सम्पुर्ण वडा कार्यालयहरुमा सार्वजानिक बिदा दिईएको पालिकाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button