हेडलाईनसमाचारप्रदेशखेलकुद

फिफा विश्वकप २०२६ अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दै

प्रहार समाचार । काठमाडौँ, चैत ८ । फिफा विश्वकप २०२६ अन्तर्गत नेपालले आज बहराइनसँग खेल्ने भएको छ।  बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२:४५ बजे हुने घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल खेल्न लागेको हो।  खेल नेपालमै हुने तालिका थियो। तर देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो।

जसका कारण नेपालको होम म्याच समेत बहराइनमै हुने स्थिति आयो।नेपालले आज पहिलो खेल खेलेपछि चार दिन पछि मंगलबार बहराइनमै दोस्रो खेल खेल्नेछ।  समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल पहिलो खेलमा युएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो।

पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो। चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button