प्रहार समाचार । चैत ४ आइतवार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पोखरालाई पर्यटनको राजधानी घोषणा गरे। गण्डकी प्रदेश सरकार र पोखरा महानगरले संयुक्त रूपमा आयोजनामा प्रचण्डले उक्त घोषणा गरेका हुन्।
प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्धितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु,’ उनले भने, ‘मेरो जन्म भएको कास्कीलाई पर्यटनको राजधानी घोषणा गर्न पाउँदा गर्व र हर्षको महसुस भएको छ।’ पर्यटनको राजधानी घोषणा पश्चात पोखराको मात्रै नभएर गण्डकी प्रदेश र सिंगो देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको उनले बताए।

पोखरा सम्भावनाले भरिएको सहर भएको भन्दै उनले यहाँका नदीनाला, तालतलैया, गल्छीहरू, छाँगा र हिमश्रृङ्खलाले सहरको सुन्दरतालाई अनुपम बनाएको प्रचण्डले बताए। विविधतालाई एकै ठाउँमा संकेन्द्रित गरी व्यवस्थित प्रचारप्रसारको माध्यमबाट पर्यटनपर्यटकीय राजधानी घोषणा गर्ने विश्वमा प्रचलित अभ्यासलाई मध्यनजर गरी पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयले विश्वको पर्यटन बजारमा पोखराको ब्राण्डिङ गर्ने, लगानीकर्तालाई अनुकूल वातावरण सिर्जना गर्न र जनताको जिवनस्तरमा गुणात्मक अभिवृद्धी गर्नेछ,’ उनले भने। प

घोषणा सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराका व्यवसाय २४ घण्टा खुलाउने बताए। पर्यतटकीय पूर्वाधार बनाउन सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएको भन्दै संघीय सरकारले सहयोग गर्नुपर्ने उनले माग गरे।

पोखरा महानगरका मेयर धनराज आचार्यले पर्यटनको राजधानी घोषणा पश्चात व्यवसायीमा उत्साह थपिने विश्वास लिए। ‘पर्यटनको राजधानी घोषणा पश्चात पर्यटन प्रवर्द्धनमा पोखराले उच्च प्राथमिकता पाउनेछ, पोखराको ब्राण्डिङ र बजारीकरणमा सहयोग पुग्नेछ,’ उनले भने, ‘अब पोखरामा आन्तरिक र बाह्य लागानीको अनुकूल वातावरण बन्नेछ ‘ ।

कार्यक्रममा समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरू, रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, फेदीखोला र मोदी गाउँपालिका तथा शुक्लागण्डकी र कुश्मा नगरपालिकााका मेयर र अध्यक्ष, कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, पोखरा पर्यटन परिषद्, नेपाल पत्रकार महासङ्घ गण्डकी र कास्की, पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, होटेल सङ्घ पोखरा, नेपाल पर्यटन बोर्ड, महानगरका सबै वडाअध्यक्ष, पर्यटकीय सङ्घ संस्थाका प्रमुख, कास्कीस्थित सबै सङ्घसंस्थाहरूको सहभागिता रहेको थियो । घोषणाअघि लेकसाइडस्थित बसुन्धरा पार्कबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो ।
























