हेडलाईनसमाचारगण्डकी

गण्डकीका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो पदभार ग्रहण

प्रहार समाचार । पोखरा, चैत ४ आइतवार । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो पदभार संहालेका छन् ।  सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले  भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेका थिए ।  गत फागुन २८ गते नियुक्त भएका प्रदेश प्रमुख भट्ट शनिबार पोखरा आएर आज पदभार सहालेका हुन्।

सोअवसरमा प्रदेश प्रमुख भट्टले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने बताए । उनले भने “संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु ।”


प्रदेश प्रमुख भट्टलाई  गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, विपक्षी दलका नेताहरूले स्वागत गरेका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button