प्रहार समाचार । तनहुँ, चैत ३ शनिवार । तनहुँको व्यास नगरपालिका वडा नं. १ गल्बुवेशीमा रहेको नव आदर्श आमा समुहको २१ औं साधारण सभा तथा १२ औं अधिवेशन शनिवार सम्पन्न भएको छ । उक्त अधिवेशनको उद्घाटन गर्दै व्यास १ का वडा अध्यक्ष रमेश चन्द्र हड्खलेले विकास निर्माणमा टोल तथा आमा समूहहरुले चासो राख्दै सक्रियकाताका साथ अगाडी बढ्नु पर्ने बताए ।
आमा समूहका अध्यक्ष सावित्रा हडखलेको सभपातित्वमा सम्पन्न उक्त अधिवेसनले सीता अधिकारीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

समूहको उपाध्यक्षमा पार्वती हड्खले,सचिवमा कल्पना हड्खले,कोषाध्यक्षमा सुष्मा सिलवाल रहेका छन भने सदस्यहरुमा संगीता बि क,कमला जि सी,अन्जना गुरुङ ,कल्पना अछामी,शर्मिला हमाल र सावित्रा लौडारी रहेका समूहका कानूनी सल्लाहकार एवम् निर्वाचन समितिका संयोजक अधिवक्ता डम्बरदेव हड्खलेले प्रहार समाचारलाई बताए ।
























