हेडलाईनव्याससमाचारगण्डकी

नेपाल रेडक्रस सोसाईटी तनहुँको ४१ औं वार्षिक साधरण सभा सम्पन्न : रेडक्रसमा राजनीति गर्न नहुने

प्रहार समाचार । तनहुँ,चैत्र ३ शनिवार ।
नेपाल रेडक्रस सोसाईटी तनहुँको ४१ औं वार्षिक साधरण सभा शुक्रबार दमौलीमा सम्पन्न भएको छ । सभाको रेडक्रसका केन्द्रीय अध्यक्ष प्रा.डा.सुर्दशनप्रसाद नेपालले उद्घाटन गर्दै रेडक्रसमा बसेर काम गरेको समयमा राजनीतिक भावानाबाट ओतप्रोत नभई सामाजिक भावानाबाट काम गर्नुपर्ने बताए ।

नेपालले भने ‘ रेडक्रस भित्र राजनीति  गर्नु हुँदैन, रेडक्रसको आफ्नो सिद्धान्त अनुसार चल्नु पर्दछ ।’ आफ्नो अर्जुन दृष्टि भनेकै रेडक्रसको गरिमा उचो राख्ने गरी काम गर्नु पर्छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम,  रेडक्रसका केन्द्रीय सदस्य तथा केन्द्रीय जुनियर÷युवा समितिको संयोजक विष्णुराज नेपाल, रेडक्रसका गण्डकी प्रदेशका महासचिव रामदक्त पौडेल, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी, नेपाल शिक्षक महासंघका अध्यक्ष आरसी पोख्रेल,  तनहुँ शाखाका पूर्वसभापतिहरु रामनाथ भट्टराई, परशुराम गिरी, कृष्णहरी वाग्ले, उपसभापति नारायणी अधिकारी, उपशाखाको सचिव रुपा घिमिरे लगायतले आआफ्ना धारणा  राखेका थिए ।

शाखाका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममाम प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, कोषाध्यक्षको प्रतिवेदन शाखाका कोषाध्यक्ष प्रतापसिंह अधिकारीले प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट स्वएम् सेवकको रुपमा प्रजुनराज श्रेष्ठ, उत्कृष्ट शिक्षक नायकमा रामशाह मावि आँबुखैरेनीका राजेश सुनाम र उत्कृष्ट उपशाखाबाट दुम्सीकोट उपशाखालाई सम्मान गरिएको थियो ।

.


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button