हेडलाईनव्याससमाचारगण्डकीप्रदेश

व्यास ११ पोल्याङका प्रविण कैनी नेविसंघको केन्द्रीय सदस्यमा मनोनित   

प्रहार समाचार । तनहुँ , चैत ३ शनिवार । तनहुँको व्यास नगरपालिका वडा नं ११ पोल्याङका प्रविण कैनी नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्य मनोनित भएका छन् । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित कार्यसमितिको सदस्यमा कैनीसहित ४१ जना मनोनयन भएका हुन् ।

नेपाल विद्याथी संघ तनहुँ – काठमाण्डौ सम्पर्क समितिको अध्यक्ष समेत रहेका कैनी विद्यार्थी राजनीतिमा लामो समयदेखि लाग्दै आएका छन्। केन्द्रीय तदर्थ समितिमा चयन भएपछि बोल्दै कैनीले आफूले नेविसंघको नीति, विधि विधानमा रहेर नै विद्यार्थी तथा सर्वसाधारण जनजिविकाका मुद्दाहरु उठाउँदै अझ सक्रियताका साथ लाग्दै लोकतन्त्रको रक्षाको लागि अगाडी बढ्ने बताए ।

मनोनयन भएका  सदस्यहरूमा दिपकराज ओझा कैलाली, अशोक सिंह विष्ट कञ्चनपुर,विनोदकुमार शाही दैलेख, किरण नेपाली नुवाकोट, गणेशबहादुर शाही अछाम,  सोमराज मल्ल डोल्पा ,एरिका ढकाल मोरङ , कविराज शाही मुगु ,बलराम खड्का बारा  , ई.सुदिप अधिकारी लम्जुङ , भावना रिजाल पाँचथर , अमृत उप्रेती काभ्रे , आशिष वर्मा बाँके , सिद्धराज जोशी अछाम , प्रज्वल महत जुम्ला , कविता वन खोटाङ , रामजी बस्नेत रामेछाप , देउमान लोङ्वा ताप्लेजुङ , अमितकुमार साह सिरहा, संस्कार कोइराला कास्की , प्रदिप शर्मा पर्वत , प्रविनराज कँडेल लम्जुङ रहेका छन् ।

यसै गरि मनोनित हुनेहरुमा निश्चल घिमिरे मोरङ , करुणासागर सिग्देल सिन्धुपाल्चोक , रवि योगी सुर्खेत , डम्मर साउँद बाजुरा , डण्डीराज जोशी कैलाली ,  निराजन बटला अछाम , असितमान श्रेष्ठ काठमाडौं ,  खेम राउत उदयपुर , अनिता सापकोटा काभ्रे , झिमलाल चापागाई  स्याङ्जा ,  सि.ए. आशिषचन्द्र न्यौपाने भोजपुर , आकाश उप्रेती चितवन , सुमित बोहरा कैलाली , दिप जैस अछाम ,  मंगल रावत बाजुरा , दिलिप आचार्य दाङ , रामचन्द्र महरा बैतडी र लोकेन्द्र बडैला, कैलाली रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button