हेडलाईनव्याससमाचारगण्डकीविजनेसस्वास्थ्य

युटर्न इन्टरनेसनल प्रालीद्वारा दमौलीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, चैत २ शुक्रवार । ‘चिन्तामुक्त मानव,निरोगी समाज,उद्यमशील राष्ट्र , गौरवशाली युटन ‘ भन्ने मूल नाराका साथ २०७७ सालमा स्थापित युटर्न इन्टरनेसनल प्रालीद्वारा दमौलीमा आज एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै योगा तथा प्राकृतिक चिकित्सक डाक्टर आयुषा अधिकारीले अहिलेका मानिसहरू व्यस्त दैनिकीका कारण तथा स्वच्छ खानपानको अभावका कारण भागदौडको जिन्दगी बाँच्नु परेकाले धेरै रोगको सिकार हुनुपरेको बताउँदै स्वास्थ्यका लागि हरेक दिन कम्तीमा १० मिनेट समय छुट्याउनुपर्ने बताइन् । उनले युटर्न इन्टरनेसनलले निरोगी बन्ने प्रामाणिक तरिकाहरूको प्रयोगका साथमा नवीनतम व्यापारिक पद्धतिको सदुपयोग गरी मानव जातिलाई स्वास्थ्य सम्पन्न सुखी र सकारात्मक जीवन जिउन अभिप्रेरित गर्ने गरेको बताइन्।


कम्पनीका फाइभ स्टार लिर्डर रामप्रसाद घिमिरेले कम्पनीले प्रिभेन्टिभ हेल्थमा प्रमाणित मौरिजन्य पौष्टिक आहारहरू तथा मौरीजन्य वस्तुहरू र हिमाली जडीबुटी मिश्रित सामानहरू सबै प्रकारका मानिसहरुका लागि अत्यावश्यक रहेको बताए ।

काठमाडौँको सामाखुसीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको इटहरी ,बिर्तामोड , नारायणगढ ,पोखरा  लगायत देशका १५ स्थानमा बिक्री कक्षहरु रहेको कम्पनीका फोर स्टार लिर्डर धनप्रसाद कँडेलले बताए ।  उनले कम्पनीले मौरी अध्ययन केन्द्रको स्थापना गरी मौरीपालक किसनहरुलाई अन्तर्राष्ट्रिय गुणस्तरका मौरीजन्य कच्चा पदार्थहरु उत्पादन गर्न प्रोत्साहित गर्दै मौरीजन वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गरिने बताए ।

कम्पनीका राष्ट्रिय वितरक सूर्यप्रसाद बराल, पूर्णिमा ढकाल लगायतले त्यस अवसरमा आआफ्नो मन्तव्य राखेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button