प्रहार समाचार । काठमाडौँ, चैत २ शुक्रवार । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् ।
.अखिल क्रान्तिकारीका नेता समेत रहेका पुनलाई काठपाडौँ बाट पक्राउ गरि रुपन्देही पठाइएको प्रहरी उच्च श्रोतले जनाएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका उनीविरुद्ध रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दा पनि रहेकाले त्यसतर्फ शुक्रवार साँझै पठाइएको प्रहरीले जनाएको छ । उनलाई जहाजमार्फत भैरहवा पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने आउने बित्तिकै हाई प्रोफाइलका व्यक्तिहरु धमाधम पक्रन थालेपछि यसले सबै पाटीमा नयाँ खालको तरङ्ग पैदा गरेको विश्लेषकहरुको भनाई रहेको छ।
























