प्रहार समाचार । तनहुँ, फागुन १४ सोमवार । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा तनहूको अध्यक्षमा दयाराज पाण्डे निर्वाचित भएका छन् । आज दमौलीमा सम्पन्न संघको १५ औ साधारण सभा तथा ५ औ जिल्ला अधिवेशनबाट पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।
संघकोबरिष्ठ उपाध्यक्षमा सुन्दर वस्याल ,उपाध्यक्ष थोकमा बिनोद अधिकारी , उपाध्यक्ष खुद्रामा सुर्य बहादुर थापा , महासचिवमा बिनय श्रेष्ठ , कोषाध्यक्षमा देवीभक्त राना , सचिवमा ऋषिकान्त गिरी र उप कोषाध्यक्षमा धर्मदत्त पौडेल चयन भएका छन्। यसै गरि सदस्यहरुमा पदम राज श्रेष्ठ , उत्तम वैध र मनु थापा रहेका छन् ।

यस अघि उक्त अधिवेशनको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले औषधि व्यवसाय मानव जिवनकालागि अत्यान्त र महत्वपूर्ण भएकाले सेवा प्रवाहमा जिम्मेवार भएर जनताको स्वस्थ्य माथि खेलवाड नगर्ने आग्रह गरे ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आम नागरिकको हितमा कर्तव्य निष्ठ भएर सेवाको भावले व्यवसाय सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ नाथ मिश्र लगायतले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम औषधी व्यावसायी संघ तनहुँका अध्यक्ष राजु दाहालको सभापतित्मा सम्पन्न भएको थियो ।
























