हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

कालिकोटको सुनथराली विमानस्थलमा ०३८ वर्षपछि चिलगाडी पुग्यो : नियमित उडान हुनेमा आशंका

प्रहार समाचार । कालिकोट , फागुन १४ सोमवार ।कालिकोटको नरहरिनाथ गाउँपालिका–१, कोटबाडास्थित सुनथराली विमानस्थलमा ०३८ वर्षपछि चिलगाडी  पुगेको छ। आइतबार दोस्रो पटक परीक्षण उडान भएसँगै आज औपचारिक रूपमा उद्घाटन भएको छ।

उद्घाटनका लागि उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, पर्यटन मन्त्री सुदन किराँती, कर्णाली सरकारमा मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, कालिकोटबाट प्रदेश तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी भएका थिए। सुर्खेत विमानस्थलबाट नेपाल एयरलाइन्स र तारा एयरलाइन्सका दुईवटा जहाजबाट उनीहरू सुनाथराली पुगेका हुन् । जहाज र अतिथिलाई स्थानीयले दमाहा बजाएर तामझामका साथ स्वागत गरेका थिए ।

निर्माण सुरु भएको ३८ वर्षपछि जहाज पुगेसँगै त्यहाका  हजारौँ नागरिकहरू जहाज हेर्न आएका थिए।  विमानस्थलको भित्तामा बसेर हजारौँ नागरिकहरू जहाज आएकोप्रति खुसी व्यक्त गरिरहेका थिए। स्थानीय ७० वर्षीय गजे विष्ट भन्छन्, ‘हाम्रो वर्षौँदेखिको चिलगाडी हेर्ने रहर पुरा भएको छ।’ विमानस्थल निर्माणको काम ०४२ सालबाट सुरु भएको थियो।

०५८ सालमा यो विमानस्थल निर्माणमा खटिएका ३६ जना मजदुरको तत्कालीन शाही नेपाली सेनाले माओवादी भएको आरोप लगाई हत्या गरेको थियो । मृत्यु‌ हुनेमा धादिङको जोगिमराका १७ र बाँकी स्थानीय गरी ३६ जना रहेका थिए ।  यो विमानस्थलको ०७३ साल माघमा   पहिलो पटक जहाज परीक्षण गरिएको थियो । त्यो बेला कालोपत्रे भएको थिएन । ०७८–०७९ मा कालोपत्रे भएसँगै ०३८ वर्षपछि उद्घाटन भएको हो । यद्यपि यहाँ हवाई जहाज नियमित हुने नहुने विषयमा भने नागरिकहरूले आशङ्का व्यक्त गर्छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button