हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आज देशभर आंशिक बदली रहने

प्रहार समाचार । तनहुँ, फागुन १३ आइतवार ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली को प्रभाव कायमै रहेको जानकारी दिएको छ।

अहिले बिहान कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ। 

महाशाखाका अनुसार आइतबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

त्यस्तै, गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button