प्रहार समाचार । तनहुँ, फागुन१२ शनिवार । तनहुँको व्यास नगरपालिका वडा नं- १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्यम्पसको कर्मचारी सङ्घको अध्यक्षमा लेखा अधिकृत विष्णु रिजाल निर्वाचित भएका छन्।
शुक्रवार भएको संघको चौथो अधिवेशन बाट रिजाल अध्यक्षमा निर्वाचित भएका निर्वाचन प्रवन्ध समितिका संयोजक बिमल गिरीले प्रहार समाचारलाई बताए । नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा सुदर्शन पोख्रेल, सचिवमा अस्मिता अधिकारी, कोषाध्यक्षमा दल बहादुर दरै र सदस्यहरूमा अनमोल प्रधान, कृष्ण मुरारी पौडेल र सरस्वती कुमाल रहेका छन्।

यस अघि अधिवेशनको क्याम्पस सञ्चलनक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले उदघाटन गर्दै क्याम्पसको सर्वाङ्गीण विकासमा सम्पूर्ण प्राध्यापकहरु लाग्नुपर्ने बताए । क्याम्पस प्रमुख महाप्रसाद हड्खले ,संघका संस्थापक अध्यक्ष सुदिप काफ्ले , उपाअध्यक्ष अप्सरा थापा ,प्रशासकीय अधिकृत वसन्ती थापा आले मगर , सहायक क्याम्पस प्रमुख सागर पौडेल, आइक्यूएसी प्रमुख विश्वेश्वर तिमल्सेना, प्राध्यापक संघका उपसभापति चिरन्जीवी बस्नेत, सहायक प्राध्यापक विष्णु हड्खले ,मिना श्रेष्ठ र स्व.वि.यु. सभापति गौरव पन्थ लगायतको उपस्थिति रहेको उक्त अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन प्रबन्ध समितिका संयोजक गिरी र क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए ।

सोही अवसरमा निवर्तमान उपाध्यक्ष अप्सरा थापाले नवनिर्वाचित अध्यक्ष रिजाललाई सङ्घको निर्णय पुस्तिका हस्तान्तरण गर्नुका साथै संघलाई शशक्त ढङ्गले अगाडी बढाउन शुभकामना दिइन ।प आदिकवि भानुभक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गाना, सहायक क्याम्पस प्रमुखद्वय डा. राम कुमार अधिकारी र सागर पौडेल आईक्यूएसी प्रमुख विशेश्वर तिमिल्सिना, प्राध्यापक संघको उपाध्यक्ष चिरञ्जीवी बस्नेत र कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
























