प्रहार समाचार । मोरङ, फागुन ११ शुक्रवार । मोरङको बुढीगंगामा गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जना बालबालिकाको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–४ की ज्योति अधिकारीकी जुम्ल्याहा चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छिन्। आज उद्योगतर्फ जाँदै गरेको आरजे २९ जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी दुर्घटना भएको हो। प्रहरीका अनुसार उक्त लहरी ज्योतिको घरमा पल्टिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
























