हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

दमौलीमा प्राथमिक उपचार तालिम सुरु

प्रहार समाचार । तनहुँ, फागुन ११ शुक्रवार । तनहुको व्यास नगरपालिका वडा नं-३ दमौलीमा रहेको महषि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा दुई दिने प्राथमिक उपचार तालिम सुरु भएको छ।

जुनियर युवा रेडकस सर्कल महिष वेदव्यास संस्कृत माध्यमिक विद्यालयको आयोजनामा सुरु भएको उक्त तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले घटना, दुर्घटना तथा विपतको बेला घाइते तथा बिरामीहरुलाई यस्ता प्राथमिक उपचार तालिम प्रभावकारी हुने बताए ।

प्रमुख जिल्ला अधिकारी जनार्जन गौतमले विपदको बेला यस्ता प्रार्थमिक उपचारको ठूलो महत्व हुने तथा थप क्षति न्यूनिकरण हुने  भएकोले सिकेको ज्ञान आपत तथा विपदको बेला सहायक सिद्ध हुने बताए ।
कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनुप राना, नेपाल सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमकान्त लम्साल , शिक्षक भवानी खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा प्रमुख प्रशिक्षक नेपाल रेडकस सोसाइटी गण्डकी प्रदेशका उपमहासचिव कृष्णचन्द्र पाण्डे र प्रशिक्षक रामदत्त पौडेल र कमला काफ्ले लगायतले प्राथमिक उपचार परिचय सिद्धान्त जिम्मेवारी तथा घाइतेको जाँच प्रक्रिया,  घाँटीमा अड्कनु ,  गला लाग्नु , हड्डी तथा घाइतेको ओसारपोसार , स्टेयर निर्माणलगायतक प्रशिक्षणका विषयमा सामूहिक रूपमा प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए।
जुनियर रेडकस सर्कलका अध्यक्ष श्रीयन आचार्यको सभापतित्वमा भएको कार्यक्रम भोलिसम्म सञ्चालन हुने बताइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button