प्रहार समाचार । तनहुँ, फागुन ८ मंगलवार । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि देशभरबाट प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई मागपत्र बुझाउने भएको छ।
“कसैलाई निषेध होइन, राष्ट्रिय शक्तिहरुका बीच नवीन समझदारी- अबको बाटो” भन्ने मूल नाराका साथ मागपत्र बुझाउने पूर्व निर्धारित कार्यक्रम तय भएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले बताए ।

“७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकार मार्फत मागपत्र बुझाउन लागेका हौँ ” – अध्यक्ष घर्तीले भने । तनहुँमा पनि प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई मागपत्र बुझाइने जानकारी दिंदै अध्यक्ष घर्तीले ‘अति भो – उठौँ, जागौँ र जुटौं ‘ उनले थपे ।
























