लुम्बिनीहेडलाईनसमाचार

राप्रपाका प्रदेश सांसद  यादवसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्रहार समाचार । कपिलवस्तु, फागुन ८ मंगलवार ।राप्रपाका प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। कपिलबस्तुको गौतम बुद्ध साझेदारी बनको रुख कटानमा अनियमितता गरेको आरोपमा सांसद यादवसहित १९ जनाविरुद्ध अदालतमा मंगलबार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्कीलगायतलाई प्रतिवादी बनाएको छ। हाल प्रदेश सांसद रहेका यादव गौतमबुद्ध साझेदारी वन ब्यवस्थापन समितिका तत्कालिन अध्यक्ष थिए।

६ वटा कटान प्लटको ३७ हजार क्यु फिट काठ निकाल्ने ठेक्का स्विकृत भएकामा व्यवस्थापन समिति र वन कर्मचारीको मिलेमतोमा केही काठहरु स्थानीय समिललाई विक्री गरेर अनियमितता गरेको आरोप लगाइएको छ। कटान गरिएका रुखबाट कम परिमाणमा काठ उत्पादन भएको देखाएर करिब २९ लाख रुपैयाँ हिनामिना भएको अख्तियारको दावी छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button