प्रहार समाचार । काठमाडौँ, फागुन८ मंगलवार ।नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने भएको छ । निर्वाचन अघि गठबन्धन नगर्ने विषयलाई लिएर पार्टीमा विवाद छ ।
ललितपुरको गोदावरीमा चलिरहेको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ। बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने कार्य तालिका रहेको छ।
यद्यपि महामन्त्री गगन थापाको प्रतिवेदनमा संस्थापन पक्षले संशोधनमा माग गरिरहेको छ ।
























