हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिकास्वास्थ्यसूचना प्रविधि

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौलीमा क्षार शुत्र विधिद्धारा पायल्स र फिस्टुलाको  उपचार सुरु

प्रहार समाचार । तनहुँ, फागुन ७ सोमवार । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौली तनहुँले हिजो बाट औपचारिक रूपमा क्षार शुत्र विधिद्धारा पायल्स र फिस्टुला को औपचारिक रूपमा उपचार सेवा प्रदान गरेको छ।
केन्द्रका प्रमुख डा. नारायण श्रेष्ठको नेतृत्वमा वरिष्ट कविराज निरिक्षक शम्भू चापागाई, वैद्य निरिक्षक भोजरी रानाभाट र अनमी प्रतिक्षा रानाभाटको संयुक्त टोलीले उक्त उपचार सेवाको सुरुवात गरेको अस्पतालले जनाएको छ।


विगत चार वर्ष अगाडी देखि फिस्टुलाको समस्याका १७ वर्षिय किशोरलाई यो विधिबाट उपचार गरिएको वरिष्ट कविराज निरिक्षक शम्भू चापागाईले प्रहार समाचारलाई बताए। अब निज किशोर तीन महिना पछि पूर्णरूपमा पायल्सबाट छुटकरा पाउने चापागाईको भनाई छ। बाहिरी निजि स्वास्थ्य क्लिनिकमा महङ्गो लाग्ने यो विधि जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रमा पहिलो बिरामीको निशुल्क रूपमा उपचार गरिएको बताए ।


यस केन्द्रमा पायल्स र फिस्टुलाको उपचार हुने भाएपछि दमौली आसपासका  अतिरिक्त तनहुँ जिल्लाका सबैपालिका तथा छिमेकी लमजुङ्ग, गोरखा तथा कास्कीका केहिभागका जनताहरु लाभान्वित हुने र विरामीहरुले सजग ढंगाले उपचार पाउने केन्द्रले जनाएको छ।
‘क्षार’ र ‘सूत्र’ शब्द मिलेर बनेको क्षार सूत्र  जसमा क्षार भनेको विशेष प्रकारको खरानी हो भने सूत्र भनेको धागो हो । यही क्षार र धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षारसूत्र विधि भनिन्छ ।

अपामार्ग, अर्क आदिलाई जलाएर बनाइएको खरानीलाई पानीमा उमालेर विशेष प्रकारले क्षारको निर्माण गरिन्छ । यही क्षारलाई प्रयोग गरेर सिउँडीको चोप लगाई बनाइएको विशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । यसले नरम किसिमको मासुलाई काट्ने गरिन्छ ।  मलद्वारबाट बाहिर निस्किएको मासुलाई काटेर सफा गर्ने र घाउ भर्न वा निको हुन मद्दत गर्छ । पायल्सका साथै फिस्टुलाको पनि क्षारसूत्र विधिबाट प्रभावकारी उपचार हुने डाक्टरको भनाई रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button