प्रहार समाचार । तनहुँ, फागुन ७ सोमवार । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर गाउँपालिकाको वडा नं- ६ धरमपानीमा अब छिट्टै प्रहरी चौकी र बैँकको शाखा स्थापना गरिने बताएका छन्।
धरमपानीमा आयोजीत स्थानिय वासिन्दाहरुको भेलामा बोल्दै अध्यक्ष थापाले नागरिकको जनधनको सुरक्षा गर्नु महत्वपूर्ण विषय भएकाले यसतर्फ पालिकाको ध्यान गएको बताए ।

अध्यक्ष थापाले भने ‘नागरिकहरु पनि बर्दी विहिन प्रहरी हुन् । हामीले शान्तिपूर्ण तरिकाले बाँच्न पाउनु पर्छ साथै भएको धेर थोर पैसा सुरक्षित तबरले बैङ्कमा राख्न पाउनु पर्छ यसका लागि यस क्षेत्रमा छिट्टै प्रहरी चौकी र बैङ्क स्थापना गर्न म पहल गर्छु।’
अध्यक्ष थापाले पहिलो चरणमा जग्गाको खोजी गर्ने बताए ।
























