हेडलाईनसमाचारगण्डकीमनोरञ्जन

पोखरामा अन्तर्राष्ट्रिय झण्डा पार्क : आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास

प्रहार समाचार । कास्की, फागुन ७ सोमवार ।
पोखरा महानगरपालिका वडा नं. ९ मा  अन्तर्राष्ट्रिय झण्डा पार्कको निर्माण गरिएको छ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एमको सहयोगमा उक्त पार्क निर्माण भएको हो । निर्माण भएको पार्कको  पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले आज एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गरे ।


कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख  आचार्यले विश्वभरका झण्डा राखिएपछि महेन्द्रपुल पर्यटकीय गन्तव्य बनेको बताए । उनले सहकार्यका लागि लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ, जे, के, एल र एम प्रति आभार प्रकट गरे ।अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले पोखरा आफैमा सुन्दर सहर रहेको र झण्डा पार्कले अर्को सुन्दरता थपेको बताए । झण्डा पार्क हस्तान्तरण गर्दा संयुक्त राष्ट्रसंघको र लायन्स क्लवका संस्थापकको समेत सम्मान भएको उनले धारणा राखे ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत स्यामकृष्ण थापाले झण्डा पार्क विश्वकै नयाँ प्रयोग भएको बताए । उद्घाटनसंगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण भएको छ । झण्डा पार्क उद्घाटन तथा हस्तान्तरण समारोहमा लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले महानगर प्रमुख आचार्यलाई उक्त झण्डापार्कका साँचो हस्तान्तरण गरेका थिए। पुस्तकालय र सार्वजनिक शौचालय हटाइएपछि खुल्ला भएको स्थानमा गरिएको अन्तर्राष्ट्रिय झण्डापार्क निर्माणमा लायन्स क्लबहरुले झण्डै ७० लाख रुपैयाँ खर्चिएको जनाइएको छ ।

झण्डापार्कमा संयुक्त राष्ट्र संघमा आवद्ध देशहरूका झण्डा राखिएका छन्। यी देशहरूका बीचमा लायन्स क्लब इन्टरनेशनलको झण्डा पनि राखेका छन्। पोखरा महानगरको २०७९ पुष १९ गते बसेको ८ औं कार्यपालिका बैठकले पुस्तकालय भत्काएर झण्डा पार्क बनाउने निर्णय गरेको थियो। उक्त निर्णयमा लायन्स क्लबलाई झण्डा पार्क बनाउन दिने निर्णय भने भएको थियो। झण्डा पार्कले विश्वबाट आउने पर्यटक र आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने विश्वास लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button