व्यासहेडलाईनसमाचारगण्डकी

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको उप महासचिवमा कृष्णचन्द्र पाण्डे चयन

प्रहार समाचार । तनहुँ, फागुन ६ आईतवार । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको उप महासचिवमा कृष्णचन्द्र पाण्डे चयन भएका छन् ।

पोखरामा आईतबार भएको छैठौ साधारण सभाबाट प्रदेश कार्यसमितिको उप–महासचिव चयन पदमा पाण्डे चयन भएका हुन् । कार्यक्रमको रेडक्रसका केन्द्रीय अध्यक्ष प्रा.डा.सुर्दशन नेपालले उद्घाटन गरेका थिए ।


व्यास नगरपालिका–१२ कलबारी स्थायी घर भई हाल व्यास नगरपालिका–२, दमौली निवासी पाण्डे गण्डकी प्रदेशको सदस्य पदमा थिए ।  रिक्त रहेको पदमा पाण्डे चयन भएका हुन् ।  उप महासचिवमा चयन भएपछि पाण्डेले रेडक्रसको सिद्धान्तलाई शिरोपर गर्दै यस्को गरिमा उच्च राख्ने र  चौतर्फी विकासको लागि निरन्तर लाग्ने प्रतिबद्धता  व्यक्त गरे ।

पाण्डे बिगत२७ वर्ष अघि देखि रेडक्रसमा निरन्तर लागि पर्दै आएका छन्। पाण्डेले रेडक्रस तनहुँको उपमन्त्री पदको जिम्मेवारी समेत बहन गरिसकेका छन् । उनि रेडक्रसको गण्डकी प्रदेशको प्राथमिक उपचार समितिको संयोजक समेत हुन् । कार्यक्रम गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालको अध्यक्षतामा भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button