प्रहार समाचार । काठमाडौँ, फागुन ७ सोमवार । रिक्त रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले सर्टलिस्टमा परेका १४ जनासँग आज अन्तरवार्ता लिएपछि ३ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो।
विभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम प्रधानमन्त्री एवम् कुलपति समक्ष प्रा डा चित्रवहादुर बुढाथोकी, प्रा डा केशर बराल र प्रा डा टेकनाथ धमलाको नाम नियुक्तिका लागि सिफारिस गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । अब यिनै तीन जनामध्येबाट एक जनाले उपकुलपतिमा नियुक्ति पाई गिदिले नयाँ उपकुलपति पाउने छ।
























