हेडलाईनसमाचारगण्डकीखेलकुद

आठौं लखन थापा स्मृति कपको उपाधि आयोजक टिम मगर विद्यार्थी संघको पोल्टामा

प्रहार समाचार । तनहुँ, फागुन ६ आइतवार । तनहुँको सदरमुकाम दमौलीमा सम्पन्न आठौं लखन थापा स्मृति कप २०८० सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक विद्यार्थी संघ तनहुँको पोल्टामा   पारेको छ । व्यास नगरपालिका विपी वनवाटिका खेलमैदानमा हिजो भएको फाइनल खेलमा निर्मल माविलाई १-० गोलले पराजित गर्दै उक्त थापा उपाधि जितेको हो ।

मगर विद्यार्थी संघ तनहुँद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै मगर विद्यार्थी संघले नगद रु ३० हजार ५ सय ५५ हात पारेको छ भने निर्मल माविले नगद रु २० हजार ५ सय ५५ मा चित्त बुझायो । खेलमा सर्वोत्कृष्ट निर्मल माविका विशाल गुरुङ ठहरिए ।

जिल्लाका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर २ गोल गर्दै  सर्वाधिक गोलकर्ता वाराही माविका चन्दन विक , उत्कृष्ट गोल किपर मगर विद्यार्थी संघका सन्दिप आले मगर  घोषित भए। उक्त प्रतियोगिताको विजेताहरुलाई  नेपाल मगर संघका केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन संयोजक सिद्धान्त गर्जा मगरले पुरस्कार प्रदान गरे।

जहानिया राणा शासनका विरुद्ध नेपाली जनताको मुक्तिका लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवसका अबसर पारेर मगर विद्यार्थी संघ तनहुँले प्रतियोगीताको आयोजना गर्दै आइरहेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button