प्रहार समाचार । फागुन ५ शनिवार ।तनहुँको सदरमुकाम दमौलीमा पाँचदिने मानसिक शान्ति एवं खुशीयाली जीवनका लागि राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम हुने भएको छ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा तनहुँको आयोजनामा दमौलीमा फागुन ९ गते बुधवार देखि १३ गते आइतवार सम्म व्यास अनसन चौतारी खुल्ला मैदान दमौलीमा उक्त प्रशिक्षण हुने शुक्रवार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

कार्यक्रममा बरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घले ( काठमाडौँ ) ले प्रशिक्षण दिने छन् । शाखा प्रमुख यमुनाले अनेकौं जिम्मेवारीहरु को दबाब, अस्वस्थ र अन्तहिन प्रतिस्पर्धा एवं बदलिंदो परिवेशसँगै सामना गर्नुपर्ने विभिन्न चुनौतिहरुका कारण अतिव्यस्त र तनावगृस्त अहिलेको मानव परिवशलाई थोरै भएपनि व्यवस्थित गर्न कार्यक्रम आयोजना गरिएको बताईन् ।

उनले व्यक्तिगत, पारिवारिक एवं व्यवसायिक समस्याहरुको वैज्ञानिक एवं आध्यात्मिक विधिद्धारा समाधागरी आत्मिक सुख, गहन मानसिक शान्ति एवं आन्तरिक शक्तिको गहन अनुशति गराउने थप उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रष्ट्याइन् ।बिहान,दिउँसो र साँझ गरी तीन चरणमा प्रदान गरिने उक्त प्रशिक्षण कार्यक्रममा तीस हजार बढीलाई प्रशिक्षित गराइने लक्ष्य लिइएको हुम्रेशाखाका प्रमुख चन्द्र श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले अहिले हरेक मानिसहरुमा विभिन्न खालका तनाव भएकाले यसको व्यवस्थापनमा कार्यक्रम फलदायी हुने बताए । प्रशिक्षण कार्यक्रममा विद्यार्थी, शिक्षक, संघसंस्था लगायत उद्योगी, व्यापारी सर्वसाधारण लगायतका व्यक्तिहरुको सहभागीता रहने छ। यसका साथै ‘कारागारका बन्दी,नेपाल प्रहरी र नेपाली सेनाको व्यारेकमा समेत पुगेर प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।दिने कार्यक्रम रहेको छ । कार्यक्रमको सहजिकरण ब्रह्माकुमार सुशील श्रेष्ठले गरेका थिए ।
























