हेडलाईनसमाचारप्रदेश

नेपाली कांग्रेसका नेताहरूले आज सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा गर्दै

प्रहार समाचार । काठमाडौँ, फागुन ५ शनिवार ।नेपाली कांग्रेसका  नेताहरूले आज सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन्।


कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान घोषणा गर्न लागेका हुन् ।  अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे ।  भण्डारीले आफूहरूले स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा भए पनि केहीले यसलाई निस्तेज पार्न लागिपरेको बताए । 

उनले भने, ‘हामी प्रस्ट छौँ । हामीले गणतान्त्रिक, वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रको खोजेका हौँ । यसमा हामी स्पष्ट र दृढ छौँ । तर हामीलाई चिन्ता कहाँ छ भने यो अभियान नियोजित रूपमै निस्तेज पार्नका निम्ति राजसंस्थासँग जोड्ने प्रयास भएको छ।
राजसंस्था फरक विषय हो । धर्म फरक विषय हो । मुलुक र धर्म सँगसँगै रहने कुरा हो । संस्था र पार्टीहरू त्यसभित्र रहने कुराहरू हुन् । त्यसैले हामी स्पष्ट छौँ सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्र हो ।’

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भए पनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लेखिनुमा भण्डारीको आपत्ति छ । महाअभियानको त्यस विषयका गम्भीर छलफल गर्ने बताउँदै संविधानमै धर्मनिरपेक्ष राष्ट्र नभई हिन्दु राष्ट्रको पक्षमा रहेको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button