प्रहार समाचार । तनहुँ, फागुन५ शनिवार । तनहुँ जिल्लाको व्यास नगर पालिका वडा नं- ५ मा रहेको पर्यटकीय स्थल मानुङकोटमा सुविधा सम्पन्न होटल बन्ने भएको छ ।
युवा व्यवसायी दिल दरै र बलबहादुर शाहीले संयुक्त रूपमा पाँच करोड भन्दा बढी लगानी गरेर सुविधा सम्पन्न होटल बनाउन लागेका हुन्। मानुङकोटमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सुविधासम्पन्न होटलको मागलाई परिपूर्ति गर्ने उद्देश्यले होटलमा लगानी गर्न लागिएको युवा व्यवसायी दिल दरैले बताए ।

चिसो मौसम सुरु भएसँगै आन्तरिक तथा वाह्य पर्यटक हरु कुहिरो र सूर्योदय हेर्न मानुङकोट पुग्ने गर्दछन्। मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम श्रृङ्खला देखिन्छ। मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। होटलको शुक्रवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ।
























