लुम्बिनीहेडलाईनसमाचार

पाल्पामा जीप दुर्घटना  : आठ जनाको गयो ज्यान

प्रहार समाचार । पाल्पा , फागुन १ मंगलवार । पाल्पामा आज साँझ पख भएको एउटा जीप गम्भिर दुर्घटना हुँदा ८ जनाको ज्यान भएको छ ।


तिनाउ गाउँपालिका–५, मस्यामको चिदिस भन्ने स्थानमा उक्त जिप दुर्घटना भएको हो। उक्त दुर्घटनामा ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटनामा परेको हो । दुर्घटनामा केही घाइते भएका छन् ।

घटनास्थलमा पुगेको प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरूलाई उद्धार गरेर लुम्बिनी मेडिकल कलेज प्रभास पठाएका छन् ।​ मृतक र घाइतेको पहिचान भने यो समाचार तयार पार्दा सम्म खुलेको छैन । दुर्घटना के कति कारणले भएको हो भन्ने वारेमा प्रहरिले अनुसन्धान गरिरहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button