प्रहार समाचार । कास्की , फागुन २ बुधवार । कास्कीको पोखराबाट प्रहरीले अवैधरूपमा ठूलो परिमाणमा सुनको कारोवार गर्ने गिरोहका नाईकेलाई पक्राउ गरेको छ ।
पोखराको मोहरिया टोलमा अवैध सुन ल्याएर गरगहना बनाएर बेच्दै आएका एक भारतीयलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा पश्चिम बंगाल मेदीनीपुर दासपुर–११ घर भएका ४० वर्षीय सुरजित भौमिक रहेका छन्। उनले पोखरा वडा नं. २ मोहरिया टोलस्थित कवीन्द्रप्रसाद श्रेष्ठको ३ तले घर लामो समयदेखि भाडामा लिई गरगहना बनाउँदै आएका थिए ।

कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार सुरजितले उक्त घरमा अवैध सुन ल्याएर सुनका विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको सूचना आधारमा हिंजो नियन्त्रणमा लिइएको हो। नोट गन्ती, सुनचाँदीको नापतौलका काम पूरा गरी पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो।

























