प्रहार समाचार । तनहुँ, कागुन १ मंगलवार । तनहुँको व्यास नगरपालिका वडा नं- १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसद्वारा आयोजि मिनि म्याराथनमा साजन थापा प्रथम हुन सफल भएका छन् ।
क्याम्पसको खेल सप्ताहको अवसरमा आयोजित उक्त प्रतियोगितामा अमृत विक द्वितीय र नरबहादुर गुरुङ तृतीय भएका थिए । उक्त म्याराथन प्रतियोगितामा २६ विद्यालय र क्याम्पसका महिला र पुरुष गरि २ सय जनाको सहभागिता रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । प्रतियोगितामा बिजयीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस अघि प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उद्घाटन गर्दै यस्ता
प्रतियोगिताले विद्यार्थीहरुमा रहेको प्रतिभा प्रष्फुटन गर्न टेवा पुग्ने बताए । प्रतियोगितामा छाब्दी वाराही विकास कोष एवं सहआयोजक वाराही रजवाम युवा क्लव रहेका थिए ।

























