प्रहार समाचार । तनहुँ, पुस १४ शनिबार।
बाह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.नारायणप्रसाद अधिकारीले नेपाललाई सनातन हिन्दराष्ट्र घोषणा गर्नु भएको छ । सो कुरा उहाँले बह्माण समाज तनहुँको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन्।
नेपालमा ८० प्रतिशत भन्दा धेरै सनातन हिन्दु धर्म मान्ने भएकोले उनिहरुले भावानालाई कदर गर्दै हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने बताए । इसाईहरुले आफ्नो देश छ भनेर गर्व गर्ने, मुस्लिम राष्ट्रहरुले पनि त्यसैगरी गर्व गर्ने तर हिन्दु राष्ट्रको पहिचान मेट्ने काम भएको उनको भनाई थियो । ‘आरक्षण जातको आधारमा नभई आर्थिक हैसियतमा पछाडी परेको व्यक्तिलाई प्रदान गर्नु पर्छ,जुन मानिस गरिव छ पछाडी परेको छ त्यसैलाई आरक्षण दिनु पर्छ ‘ अधिकारीले भने। ‘ बाह्मण समुदायले आफ्नो धर्म र सस्कृतिको संरक्षण विशेष ध्यान दिनु पर्ने बताउँदै राष्ट्रिय अध्यक्ष अधिकारीले नेपालमा धेरै जातिको बसोबासी भएकोले जातको नाममा प्रदेशको नामाकरण गर्न हुँदैन भन्ने माग बह्माण समाज नेपालले माग राखेको जानकारी दिए ।

बाह्मण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपेन्द्र लम्साल, व्यासका अध्यता काशीनाथ न्यौपाने, वेद अनुयायी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्ले, महर्षिवेद व्यास सस्कृत माविका व्यवस्थापन समितिका अध्यक्ष तुलसीशरण सिग्देल, समाजका जिल्ला सचिव तुलसीराम पौडेल, कोषाध्यक्ष कोपिलामणी पौडेल, सहसचिव मदन पण्डित, सदस्य गौकुमारी न्यौपाने, समाजको भानु नगरपालिकाका अध्यक्ष जयहरी ढकाल, देवघाट गाउँपालिकाका अध्यक्ष दिव्यदेव पौडेल लगायते आआफ्नो मन्तव्य राखेका थिए।

ब्राहम्ण समाजलाई चार आना जग्गा प्रदान गर्ने व्यास नगरपालिका–१ खकौली निवासी रेशमलाल पन्थका छोरा देवनिधी पन्थ र समाजका कोषाध्यक्ष कोपिलामणी पौडेलले एक महिनाको पेन्सन भवन निर्माणको लागि प्रदान गर्ने घोषणा गरेकोमा सम्मान गरिएको थियो ।

त्यस अबसरम ब्राहम्ण समाज द्वारा प्रकाशित ‘पान्चजन्य ‘ स्मारिका २०८० लोकार्पण गरिएको थियो । अधिवेशनले नयाँ नेत्तृत्व चयन गर्ने छ ।

























