प्रहार समाचार । तनहुँ, पुस १४ शनिबार ।
तनहुँको बन्दीपुर पालिकाले सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण अभियान चलाएको छ । छाडा कुकुरले मानिसलाई झम्टिन खोज्ने, रेबिज रोग फैलाउने जस्ता समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको हो ।
कुकुरलाई रेबिजविरुद्ध खोप समेत लगाइएको छ । बिहीबारदेखि सुरु गरिएको शिविरमा हालसम्म एक सय १७ कुकुरको निःशुल्क बन्ध्याकरण, रेबिज रोग बिरुद्धको खोप सहित उपियाँको औषधी समेत प्रदान गरिएको छ । वडा नं. १ स्थित पशु कार्यालयको भवन नाहालामा र शुक्रबार वडा नं. ४ स्थित बन्दीपुर गाउँपालिका स्थित कार्यलयको परिसरमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निशुल्क बन्ध्याकरण कार्यक्रम संचालन गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख मधुबिलास न्यौपानेले जानकारी दिए ।

पहिलो दिन ६३ वटा, दोस्रो दिन ५४ वटा गरी ११७ कुकुरको बन्ध्याकरण गरिएको उनले बताए । पालिकाले भेटेनेरी अस्पताल र पशु सेवा विज्ञ केन्द्र तनहुँको सहकार्यमा शिििवर सञ्चालन गरिरहेको छ । ठुलो सङ्ख्यामा रहेका छाडाहरु कुकुरले गर्दा समुदाय राजमार्ग तथा अन्य स्थानहरुमा दुर्घटना बढ्ने भुक्कै मानिसको पछि पछि दौडेर टोक्न झन्छिने तथा रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरणसहित रेविज रोगको खोप समेत लगाइएको छ ।

शिविरमा भेटेनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका डा. अनन्त कोइराला, माडी नगरपालिका चितवनका पशुपंक्षी शाखाका प्रमुख डा. रविन बस्ताकोटी यस्तै व्यास नगरपालिकाका डा. मनोज बिश्वकर्मा, भेटेनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका डा. रोशन , बन्दीपुर गाउँपालिका पशुपंक्षी शाखाका डा. सफल ,पौडेल, शाखाका प्रमुख मधु बिलास न्यौपाने लगायत शाखाका प्राविधिक तथा कर्मचारीहरुको टोलीले बन्धाकरण गरेका हुन् ।
























