प्रहार समाचार । चितवन, पुस १४ शनिबार । चितवनको पर्यटकीय नगरी सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरूको सहभागीता रहेको छ।
रोचक कुरा पर्यक हरुसंगै यहाँ रहेका हात्तीहरु हा पनि रमाइरहेका छन् । यसै प्रसङ्गमा सौराहमा हात्तीलाई शुकबार सामुहिक रुपमा मिठा मिठा खानेकुराहरु दिएर सामूहिक वनभोज कार्यक्रममा सहभागी गराएर वनभोज खुवाइएको छ ।

चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सिनाले बताए ।

हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष तथा महोत्सवका संयोजक ओम पाण्डले जानकारी दिए ।

चितवनमा पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालन गरिंदै आइएको छ।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी आजसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा हजारौं स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
























