हेडलाईनसमाचारसुदुर पश्चिम

चिसोले सुत्केरी महिलाको ज्यान गयो

प्रहार समाचार । जाजरकोट, मंसिर ११ सोमबार ।  भूकम्पपिडित जाजरकोटकी एक सत्केरी महिलाको चिसोका कारण मृत्यू भएको छ । मृत्यू हुनेमा नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदारा रहेकी छन्।

भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी चदारा करिब महिनाकी सुत्केरी भएकी थिइन्।
स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने,“घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।” चदाराले छोरीको जन्म दिएकी थिइन् । 

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए ।  भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button