हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

रेडक्रसको आयोजनामा डेङ्गी नियन्त्रण कार्यक्रम दमौली पब्लिक स्कूलमा सम्पन्न

प्रहार समाचार । तनहुँ, मंसिर १० आईतबार ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा तनहुँको आयोजनामा डेङ्गी रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रमहरू भईरहेका छन्। यसैक्रममा व्यास नगरपालिका वडा नम्बर १ मा रहेको दमौली पब्लिक स्कूलमा आईतबार डेङ्गी रोकथाम एवं नियन्त्रण सम्बन्धी एकदिने जन चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका सहायक प्रिन्सिपल दानबहादुर दरैको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै दरैले झुल लगाएर सुत्ने, शरिर पुरै ढाक्ने कपडा लगाउने, खाल्डा खुल्डमा पानी जम्न नदिने तथा घर वरपर सरसफाइमा ध्यान दिन आग्रह गरे।


डमौली  टोल विकास संस्थाका अध्यक्ष  भक्त दरैको पहलमा भएको उक्त रोकथाम तथा नियन्त्रण कार्यक्रममा प्रहार अनलाईन मिडियाका अध्यक्ष एवं प्रहार समाचारका सम्पादक शंकरराज नहर्की , समाजसेवी भक्तराज न्यौपाने, मन्दिप घर्ती, दिपा अधिकारी  लगायतले विद्यार्थीहरुलाई सचेतना कार्यक्रम बारे प्रकाश पारेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र छात्राहरुको उल्लेख उपस्थिति रहेको कार्यक्रमका सहजकर्ता पूर्ण बहादुर दरैले बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button