प्रहार समाचार । तनहुं, मंसिर १० आईतबार ।
रोटरी क्लब अफ दमौलीले हिंजो दुबुङ्गमा स्वास्थ शिविर सम्पन्न गरेको छ । क्लबले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत ऋषिङ गाँउपालिका–३ दुबुङ्ग स्थित शान्ति आधारभुत विद्यालयको प्राङ्गणमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकद्धारा स्वास्थ परिक्षण गरि निशुल्क औषधि पनि वितरण गरिएको क्लबका अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त शिविरमा ३ सय ३२ जनाले उपचार सेवा तथा स्वास्थ्य परामर्श लिएको कार्यक्रम संयोजक क्लबका पूर्व अध्यक्ष हरिसिं गुरुङले बताए ।
शिविरमा ६ महिनाको शिशु देखी ९७ वर्षीय वृद्धसम्मको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जानकारी दिएको छ ।
नाक, कान, घाँटी, थाईराइड विशेषज्ञबाट उपचार तथा परामर्श, स्त्री तथा प्रसुती रोग विशेषज्ञबाट महिलाहरूको स्वास्थ्य परिक्षण, आखाँ सम्बन्धि रोगको परिक्षण,सामान्य पेट, छाती तथा मुटु रोगको परिक्षण साथै निशुल्क औषधी र चस्मा वितरण गरिएको गुरुङले बताए । साथै शिविरमा निशुल्क भिडियो एक्सरेका साथै रगत तथा प्रेसर पनि परिक्षण गरिएको थियो ।

सो अवसरमा १सय २ जनाको ऑखा जाँच, ५० जना महिलाको स्त्री रोग परिक्षण, १सय१६ जनाको पेट, छाती तथा मुटु रोगको परिक्षण गरिएको थियो। शिविरमा ६४ जनाको भिडियो एक्सरे गरिएको थियो भने ८२ जनाको रगतमा सुगरको परिक्षण गरिएको थियो । त्यस अवसरमा झण्डै १० लाख बराबरको औषधी वितरण गरिएको र शिविर सम्पन्न भएपछी बाँकी औषधी मौरीवास आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य परिक्षणको क्रममा अधिकांश बिरामीले आफ्नो समस्या लामो समयसम्म लुकाएर राखेको पाईएको गण्डकी मेडिकल कलेजकी स्त्री रोग विशेषज्ञ डा स्मारिका आचार्यले जानकारी दिइन् । परिक्षण भएका मध्ये अधिकांशमा पाठेघरको संक्रमण देखिएको आचार्यले बताइन् । व
















