•अमरराज नहर्की
प्रहार समाचार ।तनहुँ, मङ्सिर १० आईतबार ।
प्याराईसिस भएर थलिएका तनहुँको म्याग्दे गाउँपालिका–३ गँगटेचोक निवासी ४५ वर्षिय तेजबहादुर नेपालीको उपचारको लागि हङकङमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

म्याग्दे गाउँपालिका–६ मुलाबारी, छाङ जन्मघर भई हाल हङकङ बस्ने बिपिन थापाको सक्रियतामा हङ्कङ रहेका नेपालीहरुले रकम सङ्कलन गरी उपचारको लागि मद्धत गरिएको हो । रेणु नेपालीले थापालाई उपचार गर्न आर्थिक अभाव भएको जानकारी दिएपछि हङकङमा रहेका नेपालीले एक लाख ६५ हजार ३९ रुपियाँ सहयोग रकम आईतबार हस्तान्तरण गरिएको छ । आर्थिक अभावमा उपचार नपाएर मर्न नपरोस् म्याग्दे गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, निर्बतमान अध्यक्ष माया देवि राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले बिरामीको बुबा दानबहादुर नेपाली, आमा विभा नेपाली र श्रीमती मिना नेपालीलाई रकम प्रदान गरेका हुन्।
रकम हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले हङकङ रहेका नेपालीले विगतमा आर्थिक विपन्नताले गर्दा उपचार नपाएर छटपटिएका नेपालीलाई सहयोग गर्दै आईरहेको र फेरी पनि मद्धत गरेकोमा खुसी व्यक्त गरे । साथै सो अवसरमा बिरामी हुनु भएका नेपाली आर्थिक कमजोर भएकोले सहयोग गर्न सबैलाई आग्रह गरे ।

अध्यक्ष श्रेष्ठ गाउँपालिकाले यस्ता विरामी तथा सुत्केरीको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको बताए । उपाध्यक्ष घिमिरेले बिदेशमा रहेका नेपालीले आफ्नो मातृभूमि प्रतिको प्रेम भएकाले दुःख पाएका व्यक्तिलाई सहयोग गर्दै आएको भन्दै खुसी व्यक्त गरे । सो अवसरमा उपाध्यक्ष घिमिरेले व्यक्तिगत तर्फबाट १० हजार रुपियाँ आर्थिक सहयोग गरेका थिए । सो कार्यक्रम रेणु नेपालीले पाँच हजार र म्याग्दे गाउँपालिका–५ मुलाबारीका ओमबहादुर थापाले तीन हजार रुपियाँ आर्थिक सहयोग गरेका थिए। बैदेशिक रोजगारको क्रममा कतारको ग्याँस प्लान्टमा काम गर्नु भएका नेपालीको हृदयघात भई प्यारालाईसिस भएको थियो ।
नेपाली बिरामी भएपछि नेपालमा फिर्ता ल्याईको छ । कमाउने व्यक्ति प्यारालाईसिसले थलिएपछि परिवारलाई जीवन धान्न कठिन भएको छ । नेपालीका एक छोरा मुनाल र एक छोरी मुनालाइ अध्ययन खर्च जुटाउन समेत कठिन भएको छ । परिवारले उपचारको लागि आर्थिक सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।
























