प्रहार समाचार । तनहुँ, मंसिर ५ मंगलबार ।
व्यास नगरपालिका वडा नं.४ सिमलटारमा रहेको बिरता टोल बिकास संस्थाले देउसी भैलोबाट रकम बचाएर भुकम्प पीडितका लागि राहत कोषमा रकम हस्तान्तरण गरेको छ।
जाजरकोट र पश्चिम रुकुममा गएको भुकुम्प बाट प्रभावित जनताको पिढामा मलमपट्टी लगाउने उद्देश्यले सानो भए पनि सहयोग गरिएको टोलका अध्यक्ष सरोज बस्नेतले बताए ।
टोल बिकास संस्थाका पदाधिकारीहरुको एक टोलीले सोमबार तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दैवी प्रकोप उद्दार कोषमा जम्मा हुनेगरि १० हजार ५५ रुपैयाको भौचर हस्तान्तरण गरेको थियो।
























