प्रहार समाचार | तनहुँ, मंसिर ५ मंगलबार ।
व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने चिनमा भएको नवौ कंग्रेस सम्मेलनबाट काउन्सिल सदस्य र कार्यकारी व्यूरो सदस्यमा निर्वाचित भएका छन् । कार्तिक २७ गतेदेखी २९ गतेसम्म मित्रराष्ट्र चिनको इयु शहरमा भएको युनाइटेड सिटीज लोकल गर्भरमेन्टस एसिया प्यासिफिक आयोजना र जनसरकार र वैदेशिक मित्रता सम्बन्धी चाइनिज जन संगठनको सहआयोजनामा भएको नवौ कंग्रेस सम्मेलनमा न्यौपाने काउन्सिल सदस्य र कार्यकारी व्यूरो सदस्यमा निर्वाचित भएका हुन् ।
व्यास नगरपालिका उक्त संगठनको नोभेम्बर २०१७ देखि निरन्तर सक्रिय सदस्य रही आएको छ । उक्त सम्मेलनमा चिन, भारत, पाकिस्तान, वंगलादेश, मलेशिया, श्रीलङ्का, इण्डोनेशिया, दक्षिण कोरिया, जापान, फिलिपिन्स, न्यूजिल्याण्ड, नेपाल, ताइवान लगायतका देशहरुबाट करिब ५०० प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा विभिन्न देशका नगरहरु विच औधोगिक विकास, ग्रामिण सशक्तिकरण, युवा व्यवसाय प्रबर्धन, बालबालिका मैत्री, महिला सशक्तिकरण, मौसम परिवर्तनका असरहरुसंग सम्बन्धित विषयहरुमा विज्ञहरु र विभिन्न नगरपालिकाका चुनौती र उपलब्धिहरुका विषयमा अन्तरक्रियाहरु भएका थिए ।
























