हेडलाईनसमाचारप्रदेशखेलकुद

युरोकप फुटबल २०२४ मा  २० देश छनौट

प्रहार समाचार | काठमाडौं, मंसिर ५ मंगलबार ।
युरोकप फुटबल २०२४ मा  २० देश छनोट भएका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा छनोट खेलबाट अब एक देश छनोट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् । अब समूह डीबाट समूह चरणका अन्तिम खेल आज राति सकिएपछि आयोजकसहित युरोकपका २१ देश छनोट हुने छन् । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदैछ । आयोजकका हिसाबले जर्मनी सिधै छनोट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समुह ए बाट स्पेन र स्कटल्याण्ड, समूह बीबाट फ्रान्स र नेदरल्याण्ड्स, समूह सीबाट इङल्याण्ड र इटाली छानिएका छन्।

त्यस्तै समूह डीबाट टर्किए छनोट भएको छ भने अब अन्तिम खेलपछि क्रोएसिया र वेल्समध्ये एक देश सिधै छनोट हुनेछ । त्यसैगरी समूह र्इबाट अल्बानिया र चेक रिपब्लिक छनोट भएका छन् भने समूह एफबाट बेल्जियम र अस्ट्रिया छनोट भएका छन् । 

त्यसैगरी समूह जीबाट हंगेरी र सर्बिया, समूह एचबाट डेनमार्क र सर्बिया, समूह आर्इबाट रोमानिया र स्वीट्जरल्याण्ड तथा समूह जेबाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनोट भएका छन् । आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने हलाण्डको देश नर्वे भने छनोट हुन असफल भएको छ । समूह ए मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो । सिधै छनोट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफसमेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो ।अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स–क्रोएसिया, इजरेल, बोस्निया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, जर्जिया, ग्रीस, काजखस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।  

प्लेअफमा यूइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको यूइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुनेछ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button