हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशकको चुनावमा नेपाल र बंगलादेश विच उम्मेदवारी

प्रहार समाचार | काठमाडौँ, कार्तिक १५ बुधबार ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनावमा नेपालको उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद छिन् विच हुने भएको छ ।


भारतको नयाँ दिल्लीमा आज आयोजित डब्ल्यूएचओको दक्षिण-पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ ।

उक्त पदमा नेपालका र बंगलादेश दाबेदार छन् ।  प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले बंगलादेशले कूटनीतिक लबिइङ तीव्र पारेको छ ।

डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् । यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गर्दैछन् ।

म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाउने भएको हो ।यसैबीच १४ जना विश्व प्रतिष्ठित स्वास्थ्य विशेषज्ञहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक गर्दै डब्ल्यूएचओको सेरो सदस्य राष्ट्रहरुलाई क्षेत्रीय निर्देशक चयन गर्दा राजनीतिभन्दा टाढा रहन भनेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button