प्रहार समाचार । काठमाडौ, कार्तिक १५ बुधबार।
‘जात्रा’ र ‘जात्रै जात्रा’ को अपार सफलता पछि लेखक एबं निर्देशक प्रदिप भट्टराई “महजात्रा ” लिएर चैत्र ९ गते आउने भएका छन्।
आज शोभा भगवती स्थित विजेश्वरी मन्दिरमा पूजा आजा गर्दै शुभ मुहूर्त गरेर छाएंकन सुरु गरिएको छ। ४५ दिनको छायांकन स्केजुल तय गरिएको फिल्मलाई काठमाडौ र जनकपुरमा खिचिने छ। ‘सत्य लुक्दैन, झुठ टिक्दैन’ भन्ने बटम लाइन राखिएको चलचित्रमा विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, हरिवंश आचर्य, वर्षा राउत, राजाराम पौडेल, सुमन कार्की लगायतका कलाकारलको अभिनय दर्शकले हेर्न पाउने छन् ।
























