हेडलाईनसमाचारगण्डकी

लमजुङमा जिप दुर्घटना  :  २२ जना यात्रु घाइते

• विजय अधिकारी । ( संवाददाता  ) बेसीशहर , २७ असोज २०८१ आइतबार ।  बेसीशहर नगरपालिका वडा नम्बर -६,तल्लो मकैडाडा नजिकैको घुम्तीमा  सारिङ बाट सदरमुकाम बेसीशहर आउँदै  गरेको बलेरो जिप दुर्घटना भएको छ ।


 दुर्घटनामा परी जिपका चालक सहित  जिपमा सवार २२ जना घाइते भएका छन् भने घाइते मध्ये ४ जनालाई थप उपचारका लागि चितवन भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राज किशोर साहले प्रहार समाचारलाई जानकारी दिए ।


उनका अनुसार-दशैको बेला क्षमता भन्दा बढी यात्रु बोकेको ग १ ज ८५५१ नम्बरको बलेरो जिप आज  तल्लो मकैडाडा नजिकको घुम्तीको ओरालोमा अनियंत्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको र जिपमा यति नै यात्रु थिए भन्ने पनि नखुलेको जानकारी दिए । अहिले सम्म जिपमा २२ जना यात्रु सवार रहेकोमा सबै सम्मान्य देखि मध्यम घाइते भएको पाईएको र ४ जनालाई टाउकोमा चोट लागेको कारण सिटिस्क्यान गर्नुपर्ने देखिएको कारण चितवन भरतपुर  रिफर गरिएको बताउदै चितवन भरतपुर रिफर गरिएको छ । घाइतेहरुमा बेसीशहर -३, बस्ने  ४५ बर्षकी राधा रिमाल, बेसीशहर -६ बस्ने ४५ बर्ष कि विमला अधिकारी , ३७ बर्षका केशव वि.क.र उनका ४ बर्षका छोरा अशिम वि.क.रहेका उनको भनाइ छ ।


 त्यस्तै दुर्घटनामा परेका घाइते मध्य बेसीशहर-६,का २९ बर्ष कि सुविसा थापा , २४ बर्षका राजेश वस्याल,२४ वर्ष कि निशा भण्डारी,३ वर्ष का रियान वस्याल,३५ वर्षका भविश्वर भण्डारी,१५ बर्षका कृतन भण्डारी,१९ बर्ष कि सुस्मा रिमाल,४१ बर्षका राजेन्द्र रिमाल,१३ बर्ष कि सोनिया सेन्चुरी,४५ बर्ष की राधा रिमाल,बेसीशहर -३, गाउँशहर को ३० बर्ष की सृजना भुजेल,२१ बर्षका विकास भुजेल,८बर्षका विवश भुजेल,लगायत
अन्य सबै घाइतेको लमजुङ अस्पतालमा उपचार भइरहेको छ भने एक जना सामान्य उपचार पछी घर फर्केको अस्पतालका डाक्टर शिशिर खड्काले जानकारी दिएका छन् ।


डाक्टर खड्काका अनुसार – दुबै हात भाचिएका २४ बर्षका नेपाली सेनामा कार्यरत जवान राजेश वसौला आफ्नो हात सुनीएकोले दशैको बेला अस्पतालमा नवस्ने र सल्यकृयाका लागि पछि आउने भएका छन् । बेसीशहर -६,निवासी जिप चालक कृष्ण बहादुर रिमाललाई घटनाको थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखीएको प्रहरी निरीक्षक साहले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button