प्रहार समाचार । तनहुँ २३ असार २०८१ । शुक्रवार रातिदेखि आएको अविरल वर्षाकाकारण तनहुँ जिल्लाको शुक्लागण्डकी–७ काउरेमा हिंजो शनिवार गएको पहिरोमा परि हराइरहेका तीनै जनाको शव फेला परेको छ।

पहिरामा परि बेपत्ता भएकी घरधनी ४० बर्षीय हीरा नेपालीको हिजो नै मृत फेला परेकी थिइन् । घरमाथिबाट आएको पहिरामा परि छिमेकी ३७ बर्षकी अनिशा बास्तोला र ६५ बर्षका श्याम बहादुर भण्डारी बेपत्ता भएकोमा आइतबार उद्धार टोलिले पहिरोले पुरिएको अवस्थामा फेला पारेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
खोजि कार्यमा नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी बल र स्थानीयबासीको सहयोग भएको थियो । उक्त पहिरोमा परि चार जना घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ।
अबिरल बर्षापछि पहिरो खस्ने खतरा बढेपछि हिरा नेपालीको घरको सामान सार्न गएका बेला छिमेकी बास्तोला र भण्डारी समेत पहिरामा परि बेपत्ता भएका थिए । अहिले हिरा नेपाली, श्याम बहादुर भण्डारी र अनिशा बास्तोलाका परिवार शोकमा डुबेका छन्।

























