हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आज देश भर पानी पर्ने सम्भावना

प्रहार समाचार । काठमाडौँ १९ असार २०८१ । हाल देशभर मनसुनी वायुको प्रभाव उच्च रहेको छ ।गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान, बागमती र मधेश, प्रदेशका थोरै स्थानमा  हाल मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

आज राति पनि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती  र  गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । यसै बिच कैलालीमा गएराति भारी वर्षा भएको छ । भारी वर्षासँगै जिल्लाको ​कान्द्रा नदीको जलसतहले सतर्कता तह पार गरेको पहलमानपुरस्थित जलमापन केन्द्रले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button